शुक्रबार, वैशाख ७, २०८१

कोरोना : २४ लाख ५४ हजार जना उपचार पछि निको भए

नेपालखोज २०७७ जेठ १५ गते १३:४२

काठमाडौँ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५७ लाख १३ हजार बढी संक्रमित मध्ये २४ लाख ५४ हजार उपचार पछि निको भएका छन् ।

५३ हजार संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

 

पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६ सय नाघेको छ ।

संक्रमितको संख्या १७ लाख २५ हजार नाघेको छ । बेलायतमा २ लाख ६५ हजार संक्रमित मध्ये ३७ हजार बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३० हजार ५ सय संक्रमित र ३२ हजार ९ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार ७ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ५ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८३ हजार ३ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ९१ हजार २ सय बढी संक्रमित हुंदा २४ हजार ५ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८१ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ । चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ६२ हजार ३ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्दा ४ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा हालसम्म १ हजार १ सय ९७ जनाको मृत्यु हु्ँदा ५७ हजार ७ सय बढी संक्रमित भएका छन् । -एजेन्सी

प्रतिक्रिया