मंगलबार, वैशाख ४, २०८१

थप ४ जना खेलाडीमा कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ १५ गते १३:४९

काठमाडौँ । इंग्लिस प्रिमियर क्लबका खेलाडीहरुले अबदेखि ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका छन् ।

अहिलेसम्म एक अर्कालाई नछोएरै प्रशिक्षण गर्दै आएका खेलाडीहरुले अब भने एक अर्कासँग ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न पाउने भएका हुन् ।

प्रिमियर लिग क्लबहरुले हिजो ‘कन्ट्याक्ट’ प्रशिक्षणका लागि शतप्रतिशत मतदान गरेका छन् ।

अनुमति पाएसँगै अब क्लबका खेलाडीहरुको प्रशिक्षण दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसअघि बेलायती सरकारले ‘कन्ट्याक्ट’ प्रशिक्षणको अनुमति दिएपछि सहभागी २० टोलीबिच मतदान गराईएको थियो ।

प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण सुरु गरेका थिए ।

कोरोना भाइरसको महामारीपछि स्थगित लिगका बाँकी खेल सुचारु गर्न विभिन्न चरणका योजनाहरु लागु गरिएको छ । लिगको ‘प्रोजेक्ट रिस्टार्ट’ अन्तर्गत यस चरणलाई दोस्रो चरण मानिएको छ ।

लिग सुचारुकै लागि प्रिमियर लिगले खेलाडीमा कोरोनाको परिक्षणलाई समेत तीव्र्रता दिएको छ । हालसम्म १७ सय ४४ जनामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया