शुक्रबार, वैशाख १४, २०८१

कोरोना : एकैदिन थपिए १५६ संक्रमित, यस्तो संक्रमितको अवस्था !

नेपालखोज २०७७ जेठ १५ गते १४:५४

काठमाडौँ ।देशका विभिन्न ठाउँमा गरिएको परीक्षणमा एकै दिनमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित देशभर कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। १ सय ८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेमध्ये १ सय ४४ जना पुरुष र ४३ जना महिलाहरु रहेका छन्।

कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भइसकेको छ। नेपालमा हाल ८६ हजार ५७ जना मानिसहरु आज क्वारेनटाइनमा रहेका छन्।

हालसम्म देशभर ६० हजार ६ सय ९६ पिसिआर परिक्षण भएका छन् भने आरडिटि विधिबाट १ लाख २ हजार ३४ नमुनाहरु परिक्षण भएका छन्।

प्रतिक्रिया