बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमित र मृतक बढ्दै गएको भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखोज २०७७ जेठ १५ गते १५:३७

काठमाडौं । विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) पछिल्लो समय नेपालमा पनि तिव्ररुपमा फैलिरहेको छ ।

भारतमा रेल सेवा सुचारु भएपछि नेपालीहरु पनि स्वदेश फर्किन थालेपछि यसको जोखिम नेपालमा झन बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै मृतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका छन् । हालसम्म ५१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट ललितपुर बुंगमतिका ५६ बर्षिय पूरुषको जेठ १४ गते मृत्यु भएको थियो । मन्त्रालयले यस विषम परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेको छ ।

मन्त्रालयले अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरु लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया