शुक्रबार, वैशाख १४, २०८१

उद्योगलाई डिमाण्ड शुल्क छुट

नेपालखोज २०७७ जेठ १५ गते १६:५३

काठमाडौँ । कोभिड १९ का कारण प्रभावित बनेका उद्योगहरूले विद्युतको डिमाण्ड शुल्क छुट पाउने भएका छन्। त्यस्तै माग कम हुने समयमा विद्युत खपत गर्दा ५० प्रतिशतसम्म विद्युत महशुल छुट दिने घोषणा सरकारले बजेटमार्फत गरेको छ।

त्यस्तै घरायशी साना विद्युत उपभोक्तालाई मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत विद्युत महशुल छुट दिने भएको छ। त्यस्तै खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत शुल्क मिनाहा र विद्युत महशुलमा सहुलियतको व्यवस्था गरिएको छ।

प्रतिक्रिया