मंगलबार, वैशाख ११, २०८१

कोरोना : यस्तो छ प्रदेश नम्बर ५ को अवस्था !

नेपालखोज २०७७ जेठ १६ गते १३:१२

बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ जना पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार बाँकेमा १७१ जना, कपिलवस्तुमा १३६ जना, रुपन्देहीमा ४५ जना, दाङमा २२ जना,बर्दियामा १० जना, नवलपरासी पश्चिममा ५ जना, गुल्मीमा ४ जना, अर्घाखाँचीमा ३ जना र रुकुमपूर्वमा ३ जना संक्रमित भेटिएका छन् । गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।

प्रदेश ५ मा भेटिएका कोरोना संक्रमितमध्ये गुल्मीका एक, अर्घाखाँचीका एक र बाँकेका एक गरी तीनजनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार(आज) पनि दाङको कोरोना विशेष अस्पतालबाट चार जना निको भएर डिस्चार्ज हुने प्रकृयामा रहेका तथ्यांक अधिकृत वलीले जानकारी दिए ।

प्रतिक्रिया