शुक्रबार, वैशाख १४, २०८१

लिभरपुल प्रिमियर लिग उपाधि उचाल्ने होडमा

नेपालखोज २०७७ जेठ १६ गते १३:२६

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल हाल लिग उपाधि उचाल्ने होडमा छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि सुरु हुन थालेको प्रिमियर लिगमा लिभरपुलले यो सिजन उपाधि उचाल्न केही जित मात्र आवश्यक छ ।

लिगमा २९ खेल खेलेको लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा भएको म्यानचेस्टर सिटीको ५७ अंक छ । अब लिभरपुलले लिग उपाधि उचाल्न बाँकी रहेका १० खेलमा मात्र दुई खेल जिते पुग्नेछ ।

लिभरपुलले यो सिजन लिग जिते पहिलोपटक प्रिमियर लिगको उपाधि जित्नेछ । गत वर्ष पनि लिभरपुले धेरै अंकको अग्रता लिँदा पनि उपाधि भने जित्न सकेन । मात्र म्यानचेस्टर सिटीभन्दा एक अंकले पछि रहँदै दोस्रो स्थानमा लिग टुङ्ग्याएको थियो । योपटक भने लिभरपुललाई उपाधि जित्नबाट वञ्चित हुने सम्भावना भने छैन ।

प्रिमियर लिग फुटबल जुन १७ बाट सुचारु हुनेछ । लिगको पहिलो दिनको खेलमा एस्टन भिल्लाले सेफिल्डसँग खेल्दा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया