बिहीबार, चैत १५, २०८०

नेपालसँगको विवाद रचनात्मक ढंगले समाधान गर्न भारतको प्रस्ताव

नेपालखोज २०७७ जेठ १६ गते १३:३७

काठमाडौँ । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नक्सालाई एकतर्फी भन्दै अस्वीकार गर्ने जनाएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवाद समाधान गर्न प्रस्ताव गरेको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेका हुन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको उनले प्रतिक्रिया समेत दिएका छन् ।

भारतले एकपक्षीय रुपमा नेपाली भूमि लिपुलेक समेत प्रयोग गरी सडक बनाएपछि नेपालले जेठ ९ गते भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा जारी गरेको थियो । -एजेन्सी

प्रतिक्रिया