शुक्रबार, वैशाख ७, २०८१

रौतहटका थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ १६ गते १५:५९

रौतहट । रौतहटमा एकैदिन ५६ जना कोरोना भाइरस९कोभिड १९० संक्रमित थपिएका छन । यो संगै रौतहटमा भारस संक्रमितको संख्या १ सय ८१ पुगेको छ ।
शुक्रबार आएको रिर्पोटमा जिल्लाको राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, बौधीमाइ नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना गरी ५६ जना नया संक्रमति थपिएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले पुष्टि गरेका छन् । यस अघि हिजो सम्म १ सय २५ जना मात्रै संक्रमित थिए ।

१ हजार ५ जनाको स्वाब परिक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिएका छन् ।

अझै रौतहटको बिभिन्न स्थानिय तहका क्वारेन्टिनहरुमा ६ हजार ४ सय ३९ रहेका छन् । जसमा ३ सय ६ जना महिला रहेका छन् । भारतबाट दिन प्रतिदिन आउने क्रम बढेपछि रौतहटमा कोरोना संक्रमितको संख्या अझ बढन सक्ने फोकल पर्सन गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया