बिहीबार, वैशाख १३, २०८१

भारत सरहको मूल्य बनाउन डिजेल र पेट्रोलमा कर बढाइएको हो : अर्थमन्त्री खतिवडा

नेपालखोज २०७७ जेठ १६ गते १६:३३

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले भारत सरहको मूल्य बनाउनका लागि डिजेल र पेट्रोलमा कर बढाइएको जानकारी दिएका छन्।

खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक ऐन मार्फत् डिजेल पेट्रोलमाथि कर लगाएको प्रष्टिकरण दिएका छन्। उनले भारतको तुलनामा नेपाली बजारमा इन्धन सस्तो हुँदाखेरी चोरी निकासी बढेकाले मूल्य बराबर बनाउनका लागि कर बढाइएको उनले बताए।

बजेटपछिको छलफल कार्यक्रममा बोल्दै खतिवडाले भने,ु पारीको भन्दा हाम्रोमा २५ रुपैयाँसम्म सस्तो थियो। त्यसपछि हामीले केही समयअघि पाँच रुपैयाँ पुर्वाधार विकास शुल्क लगायौं। त्यसपछि पनि नेपालमा सस्तो भयो। त्यसैले हामीले लिटरमा १० रुपैयाँ बढ्नेगरी कर बढाएका छौ उनले भने।

प्रतिक्रिया