बुधबार, वैशाख १२, २०८१

नेपालमा हालसम्म २०६ जनाले कोरोना जिते

नेपालखोज २०७७ जेठ १६ गते १६:४१

काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरसलाई २ सय ६ जनाले जितेका छन् । शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।

नेपालमा अहिलेसम्म १२ सयभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ । नेपालमा पाँच जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया