नेपालमा कोरोनाले थप एक जनाको ज्यान लियो, मृतकको संख्या ६ पुग्यो
नेपालखोज
२०७७ जेठ १६ गते १७:०१
काठमाडौं । नेपालमा कोरोनाले थप एक व्यक्तिको ज्यान लियो । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको मृत्यु कोरोनाभाइरसबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
मृतकको सम्पर्कमा रहेका व्यक्तिहरु केही क्वारेन्टाइनमा रहेको कतिपयसँग सम्पर्कको प्रयास भइरहेको पनि देवकोटाले बताए । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया