बिहीबार, वैशाख १३, २०८१

समाजवादी पार्टीको संविधान संशोधन प्रस्ताव दर्ता गर्न अस्वीकार

नेपालखोज २०७७ जेठ १६ गते १९:२०

काठमाडौं । जनता समाजवादी पार्टीको संविधान संशोधन प्रस्ताव संसद् सचिवालयले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न अस्वीकार गरिदिएको छ ।

राजपा नेपालको संसदीय दलका नेता महन्थ ठाकुरसहित केशब झालगायत नेताहरू संसोधन प्रस्ताव दर्ता गराउन शुक्रबार साँझ संघीय संसद् सचिवालय पुगेका थिए ।

संसद् सचिवालयका महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै समय मागेपछि प्रस्ताव दर्ता हुन नसकेको राजपा नेता केशव झाले जानकारी दिए । हामीले लिएको प्रस्तावलाई संसद सचिवालयका महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन्।

उनले आइतवार आउनुहोला म छलफल गरेर निर्णय लिनेछु भने, नेता झाले भने संविधान संसदमा टेबलमा गर्दा छलफल आवश्यक पर्ने हो । तर, दर्ता गर्न पनि मानेनन् । अब आइतवारसम्म कुर्छौं ।

प्रतिक्रिया