शनिबार, वैशाख १५, २०८१

सिनेमा हललाई जोगाउन सरकारले बजेट नल्याएको गुनासो

नेपालखोज २०७७ जेठ १७ गते ९:१३

काठमाडौं । नेपाल सरकारले बिहिबार ल्याएको आर्थिक वर्ष २०७७(०७८ को वाषिक बजेटले सिनेमा हललाई अहिलेको अबस्थामा बचाउन नसक्ने हल सञ्चालकहरुको टिप्पणी रहेको छ ।

सिनेमा हल सञ्चालकका साथै नेपाल चलचित्र संघका महासचिब एवम् प्रवक्त अशोक शर्माले अहिले बन्द अबस्थामा रहेको मुलुकका १९२ वटा सिनेमा हललाई जोगाउन अहिलेको बजेटमा सहुलियतको प्याकेज नल्याएको भन्दै दुःख व्यक्त गरेका छन् ।

बजेटबाट राजधानी दैनिकसँग कुराकानी गर्दै प्रवक्ता शर्माले नेपाली सिनेमा उधोगमा सबैभन्दा ठुलो लगानी चलचित्र घरमा रहेको तर राज्यले यसपटकको बजेटमा चलचित्र घरलाई उपेक्षा गरेको बताएका छन् ।

प्रवक्ता शर्माका अनुसार चलचित्र भवन करिब अढाई महिनादेखि बन्दा भए पनि हल सञ्चालकहरु स्टाफ तलब, बिजुली, सरसफाईबापतको पैसा तिर्न विवस छन् ।

फिल्म हल खुल्न अझै कती समय लाग्ने भन्ने टुँगो नभएको बेला अब सिनेमा हललाई कसरी सञ्चालनमा ल्याउने र दर्शकलाई कसरी हलसम्म ल्याउने भन्ने वातावरण तयार गर्न सरकारले सिनेमा हललाई राहत प्याकेज नल्याएको शर्माले बताए ।

नेपालमा भएका सिनेमा हलमा सञ्चालकहरुको लाग बारे प्रवक्ता शर्माले भने,‘नेपालमा भएको सबै सिनेमा हलका भूमि सहितको लागत हिसाब गर्दा ४ खर्बको पूँजी यसमा छ ।

नेपाल चलचित्र संघले हल सञ्चालकहरुसँग लिएको विवरण अनुसार अहिले मुलुकका सिनेमा हल सञ्चालनका लागि हलमालिकहरु ६ अर्व ऋणमा रहेका छन् ।’ सिनेमा हल नियमित बन्द रहेको र बैंकले ब्याज नछाड्ने कारणले गर्दा अब हल मालिकहरुले बैंकलाई ऋणको ब्याज कसरी तिर्ने भन्ने सँकट आएको छ ।’

प्रतिक्रिया