शुक्रबार, चैत १६, २०८०

स्पेनिस ला लिगा फुटबल जुन ११ बाट गर्ने तयारी

नेपालखोज २०७७ जेठ १७ गते १०:००

एजेन्सी । कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुरू हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिगा जुन ११ बाट सुरू हुने बताएका हुन् ।

स्पेनिस न्युजपेपर मार्कासँग कुरा गर्दै अध्यक्ष टेबासले जुन ११ बाट लिग सुरू गर्ने बताएका हुन् । बन्द रंगशालामा सुरू हुने ला लिगाको पहिलो खेल रियल बेटिस र सेभियाबीच हुने टेबासको भनाई छ ।

लिगाका बाँकी सबै खेल सकेर आउदो सेप्टेम्बर १२ बाट नयाँ सिजन सुरू गर्ने पनि उनले जानकारी दिएका छन् । गत मार्च १२ बाट स्थगित गरिएको ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधी होड कायम छ । बार्सिलोना भन्दा रियल २ अंकले अघि रहेको छ ।

प्रतिक्रिया