सोमबार, पुष २९, २०८१

के-के निर्णय गर्ने छ आज बस्ने मन्त्रिपरिषद् बैठकले ?

नेपालखोज २०७७ जेठ १७ गते १५:५४

काठमाडौँ । आज (शनिबार) साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

Advertisement

साँझ ५ बजे प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेन्डा देशमा जारी लकडाउनको मोडालिटी र विदेशमा रहेका नेपालीको उद्धार रहेको बताइएको छ।

गएको चैत ११ गतेदेखि जारी लकडाउनको अवधि ३ दिनपछि सकिँदैछ। आजको बैठकमा लकडाउनलाई यही स्वरुपमा निरन्तरता दिने वा मोडालिटी परिवर्तन हुने भन्नेबारेमा विस्तृत छलफल हुने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताएका छन्।

त्यसैगरी बैठकले विदेशमा रहेका नेपालीको उद्धार गर्नेबारे पनि ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ। हिजो (शुक्रबार) उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिले विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको थियो।

विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको थियो। उक्त निर्णयलाई आजको मन्त्रिपरिषद् बैठकले औपचारिकता दिने बताइएको छ।

प्रतिक्रिया