बुधबार, माघ २, २०८१

काठमाडौंको सशस्त्र प्रहरी अस्पतालबाट संक्रमितमध्ये ११ जनाले कोरोना जिते

नेपालखोज २०७७ जेठ १७ गते १६:१६

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ११ जना निको भएका छन्। अस्पतालका अनुसार कोरोना भाइरसबाट मुक्त भएपछि उनीहरूलाई शनिबार डिस्चार्ज गरिएको हो।

Advertisement

कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी नायब निरीक्षक (सई), एक सशस्त्र प्रहरी र प्रहरी जवानसहित ११ जनाले कोरोनालाई जितेका हुन्।

यस्तै डिस्चार्ज हुनेमा मकवानपुरका ७ वर्षीय बालक, भक्तपुर नगरपालिका(५ का ४२ वर्षीय पुरुष, एक डाक्टर र एक नर्स पनि छन्। अब दुई कोरोना संक्रमित बाँकी रहेको अस्पतालले जानकारी दिएको छ।

प्रतिक्रिया