रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन
नेपालखोज
२०७७ जेठ १७ गते १६:२२
काठमाडौँ । रुकुमको चौरजहारी हत्याकाण्डको विरोधमा काठमाडौँको माइतीघरमा आज पनि प्रदर्शन भएको छ । विभिन्न संघ संस्थाको आयोजनामा माइतीघरमा प्रदर्शन भएको हो ।
प्रदर्शनका सहभागीहरुले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका छन् ।
गत शनिबार प्रेमिका लिन १८ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोलीलाई रुकुमको चौरजहारीस्थित सोती गाउँका गाउँलेहरुले आक्रमण गरेका थिए ।
गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
सम्बन्धित
प्रतिक्रिया