शनिबार, वैशाख १५, २०८१

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

नेपालखोज २०७७ जेठ १८ गते १३:२७

काठमाडौं । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनको आज निधन भएको हो । नेपाली कला क्षेत्रमा १ सय वटा भन्दा धेरै चलचित्रमा अभिनय गरेका उनले थुप्रै सानो पर्दाको चलचित्रमा समेत अभिनय गरेका थिए ।

उनको निधनले नेपाली कलाक्षेत्रमा ठूलो क्षति पुगेको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो । उनी विगत ८ वर्षदेखि पक्षघातबाट बिरामी थिए । उनी एउटा चलचित्रको सुटिंगका क्रममा लडेर घाइते भएपछि पक्षघातबाट पीडित थिए ।

उनले नेपाली चलचित्र जीवनरेखाबाट कलाकारिता थालेका थिए । यसका अतिरिक्त हिन्दी चलचित्रहरुमा समेत उनले अभिनय गरेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया