बिहीबार, चैत ६, २०८१

हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

नेपालखोज २०७७ जेठ १८ गते १३:४३

काठमाडौं । सिराहामा हत्या गरी फरार भएका प्रतिवादी ससुरालीबाट पक्राउ परेका छन्। शनिबार राति मिर्चैया नगरपालिका ११ सितापुरस्थित ससुराली घरबाट २० वर्षीय रूपेश यादवलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

२०७४ साल असोज २३ गते कर्जन्हा नगरपालिका १० प्रयागपुरमा यादवले ३६ वर्षीय शशि भुषण प्रसाद साहलाई कुटपिट तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए।

हत्या गर्ने मध्ये राम ईश्वर कपारीलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने यादव फरार थिए। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला अदालतमा पेश गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया