कोरोना : थप ६० जनामा कोरोना संक्रमण
नेपालखोज
२०७७ जेठ १८ गते १४:०७
वीरगञ्ज । प्रदेश नम्बर २ मा फेरि ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएको पुष्टि भएको हो ।
रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन ।
त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन ।
त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया