सोमबार, चैत ३, २०८१

एमसीसी अनुमोदन गर्न नहुने भन्दै गरिएको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप, केही घाइते

नेपालखोज २०७७ जेठ १८ गते १६:२९

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आज विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

Advertisement

काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्। प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको बताएका छन्।

एमसीसीको विरोधमा नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेपछि उनीहरु तितरबितर भएका छन्। केहीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया