सल्यानमा पहिलो पटक २५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ १८ गते १६:४९
काठमाडौं । सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सल्यानमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार सल्यानमा आज भेटिएका संक्रमितहरु १ वर्षदेखि ६० वर्षसम्मका पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया