कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा मृतकको संख्या ८ पुग्यो
नेपालखोज
२०७७ जेठ १८ गते १६:५५
काठमाडौं । कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान २ः३० बजे मृत्यु भएको जानकारी दिए।
उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।
ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।
शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।
सम्बन्धित
प्रतिक्रिया