मंगलबार, चैत ११, २०८१

दैलेख जिल्ला अस्पतालको इमर्जेन्सी वार्ड एक हप्ताका लागि सिल

नेपालखोज २०७७ जेठ १८ गते १९:५६

दैलेख । दैलेखको जिल्ला अस्पतालको इमर्जेन्सी वार्ड एक हप्ताका लागि सिल गरिएको छ । भारतबाट आएका एक युवा इमर्जेन्सी वार्डमा भर्ना भएपछि कोरोना नियन्त्रण तथा रोकथाम समितिको आकस्मिक बैठक बसि एक हप्ता सेवा बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

महावु गाउँपालिकाका ती युवाको आरडीटी रिपोर्ट पोजेटिभ आएकोले इमर्जेन्सी वार्ड सिल गर्नुपरेको कोरोना रोकथाम तथा नियन्त्रण समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

ती युवाले आफू भारतबाट नआएको झुटो रिपोर्ट दिँदै शनिवार अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । उनको रिपोर्ट पोजेटिभ आएपछि एक हप्ता वार्ड बन्द गर्ने निर्णय गरेको जिल्ला कोरोना नियन्त्रण तथा रोकथाम समितिका संयोजक इन्द्रबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया