नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी बाँकेमा दुर्घटना हुँदा ११ को मृत्यु २२ घाइते
नेपालखोज
२०७७ जेठ १९ गते ७:२७
काठमाडौं । नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । भने, २२ जना घाइते भएका छन् ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीको अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । ११ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज लगिएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी बताएको छ ।
भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया