बिहीबार, वैशाख १३, २०८१

रौतहटमा आज एकैदिन ७४ जना कोरोना संक्रमण पुष्टि, रौतहटमा मात्रै ३०७ संक्रमित

नेपालखोज २०७७ जेठ २० गते १५:२१

रौतहट । रौतहटमा आज मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ महिलासहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए।

उनका अनुसार राजपुर नगरपालिकामा २१ जना, राजदेवी नगरपालिकामा १८ जना र दुर्गाभगवती गाउँपालिकामा १४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै गौर नगरपालिकामा १३, परोहवामा ४, यमुनामाई नगरपालिकामा ३, गडीमाई नगारपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ। संक्रमति सबैजसो भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेकाहरु रहेको गुप्ताले जानकारी दिएका छन्।

यससँगै रौतहटमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ३०७ पुगेको छ।

प्रतिक्रिया