शुक्रबार, चैत १६, २०८०

अब लोक सेवा आयोगको अन्तरवार्ता दिन आउँदा पीसीआर रिपोर्ट अनिवार्य

नेपालखोज २०७७ जेठ २० गते १५:४५

काठमाडौं । लोक सेवा आयोगले अब अन्तरर्वाता दिन आउँदा अनिर्वायरुपमा पीसीआर रिपोर्ट लिएर आउँन आवाहन गरेको छ ।

लोक सेवा आयोगले काठमाडौं उपत्यकाबाहिरबाट अन्तर्वार्ताका लागि आउने उम्मेद्‌वारले कोरोना परीक्षणको पीसीआर रिपोर्टको सक्कल प्रति अनिवार्य साथमा ल्याउन भनेको हो ।  २ असारबाट हुन लागेको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको पदका लागि अन्तर्वार्ता दिन आउने उम्मेद्‌वारलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको हो।

आयोगले आज एक सूचना जारी गर्दै मामिला प्रस्तुतिकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने उम्मेद्‌वारमध्ये काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यकाबाहिर गई आएकाले अन्तर्वार्ता अगावै आफ्नो कोभिड–१९ पीसीआर परीक्षण गराई त्यसको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन भनिएको हो।

१९ जेठमा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (प्राविधिक र प्राविधिक) विभिन्न पदका विज्ञापनको द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमको नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो।

उक्त अन्तर्वार्तामा सहभागी हुने उम्मेद्‌वारमध्ये काठमाडौंबाहिर रहेका वा बाहिर गई आएकाले अनिवार्य रूपमा कोभिड(१९ परीक्षणको रिपोर्ट बुझाउनुपर्ने भएको हो।

प्रतिक्रिया