शुक्रबार, वैशाख १४, २०८१

लकडाउनकाविरुद्ध व्यवसायीहरु प्रदर्शनमा उत्रिए

नेपालखोज २०७७ जेठ २० गते १६:०४

काठमाडौं । लामो समयदेखि जारी लकडाउनको काठमाडौंका व्यवसायीहरुले विरोध गरेका छन् । व्यापारीहरुले लामो समयदेखि जारी रहेको लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

मंगलबार जोरपाटीका व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । पसल खोल्न पाउनु पर्ने माग उनीहरुले प्रर्दशन गरेका छन् । सो क्रममा पसल बन्द गर्न अटेर गर्ने एकजनालाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

यसबारे स्थानीय प्रतिनिधिसँग छलफल गर्ने सहमति भएपछि व्यवसायीहरुले प्रदर्शन रोकेका छन् । पसल खोल्ने विषयमा गोकर्णेश्वर नगरपालिकाले पहल गर्ने आश्वसन दिएको छ ।

प्रतिक्रिया