बिहीबार, वैशाख १३, २०८१

संघीयता खारेज गर्ने प्रावधानसहित संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा जनमोर्चा

नेपालखोज २०७७ जेठ २० गते १७:४७

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने प्रावधानसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराउने भएको छ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले उक्त विधेयक बुधबार संसद सचिवालयमा दर्ता गर्न लागिएको जानकारी दिइन्।

मंगलबार विधेयक दर्ता गराउन गएकी सांसद पौडेलको ढाँचा नमिलेको भन्दै सच्याएर ल्याए भोलि दर्ता गर्ने संसद् सचिवालयले जनाएको छ।

सांसद पौडेलले नेपाल समयसित भनिन्, ‘संघीयतासम्बन्धी धारा उपधारा सबै खारेज हुने गरी विधेयक तयार पारेका छौं। देशमा संघीयता आवश्यक नरहेकोले खारेज गर्न एक्लै भए पनि प्रस्ताव दर्ता गराउन लागेकी छु।’

संघीयता खारेजी सम्बन्धी विकेयक संसदमा छलफल भएमा अरु दलले पनि सहयोग गर्ने दाबी उनको छ। पौडेल राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद हुन्।

प्रतिक्रिया