कांग्रेसद्वारा संविधान संशोधन प्रस्ताव दर्ता
नेपालखोज
२०७७ जेठ २० गते १८:५४
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गराएको छ। कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयअनुसार संशोधन प्रस्ताव दर्ता गराएको कांग्रेस सांसद अमरेशकुमार सिंहले जानकारी दिए ।
सो संशोधन प्रस्ता कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएका बेलामा पनि दर्ता भई अस्वीकृत भएको थियो । अहिले सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेकै बेला कांग्रेसले पनि सो प्रस्ताव पेश गरेको हो ।
सिंहलगायतका सांसद संघीय संसद् सचिवालय पुगेर संशोधन प्रस्ताव दर्ता गराएका थिए । सिंहले संशोधन प्रस्ताव दर्ता भएको र दर्ता नम्बर २ रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया