सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालखोज
२०७७ जेठ २१ गते १३:३६
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका इन्द्रावती–१० का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनी भारतबाट जेठ १२ गते चौतारा आएका थिए । मेलम्चीस्थित क्षेत्रीय क्वारेनइन्मा राखिएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
उनको जेठ १७ गते आरडीटी प्रविधिमार्फत परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
सो पश्चात तत्काल १८ गते स्वाब संकलन गरी परीक्षण गर्न टेकुुु प्रयोगशाला पठाइएको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अनौपचारिक जानकारी पाएको जिल्ला जनस्वास्थ्यका एक अधिकारीले बताएका छन् ।
उनको अवस्था सामान्य रहेको र उनि स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया