मंगलबार, चैत ४, २०८१

कोरोना : यस्तो छ ब्रााजिलको अवस्था !

नेपालखोज २०७७ जेठ २१ गते १३:४५

काठमाडौँ । अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा गएको २४ घण्टामा १२ सय ६२ जनाको मृत्यु भएको छ ।

Advertisement

योसँगै ब्राजिलमा कोरोनाका कारण मर्नेको संख्या ३१ हजार बढी भएको छ । ब्राजिलका धेरै शहरमा लकडाउन खुलेपछि कोरोना संक्रमण र मृत्युको संख्या बढ्को छ ।

रियोदिजेनेरियोको सामुन्द्रिक तटमा मानिसहरुको भीड थियो भने साओपाउलोमा पनि आर्थिक गतिविधि सुरु भएको  छ ।

यसअघि ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले लकडाउनले अर्थव्यवस्था धराशायी हुने बताएका थिए । उनले यो मामुली भाइरस भएकाले यसबाट हुने मृत्युलाई टार्न नसक्ने बताएका थिए । -एजेन्सी

प्रतिक्रिया