शनिबार, जेठ ४, २०८२

हङकङ चीनको अविभाज्य क्षेत्र हो : प्रवक्ता पौडेल

नेपालखोज २०७७ जेठ २१ गते १५:०७

काठमाडौँ । सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहो¥याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ ।

हङकङको राष्ट्रिय कानूनका सन्दर्भको जिज्ञासामा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए ।

कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट पारे ।

प्रतिक्रिया