बिहीबार, जेठ ९, २०८२

सुदूरपश्चिममा ८०० थ्रोट स्वाबका नमुनाहरु थन्किए

नेपालखोज २०७७ जेठ २१ गते १८:२८

कैलाली। प्रयोगशालाको क्षमता वृद्धि नहुँदा सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि संकलित करिब ८०० थ्रोट स्वाबका नमुनाहरु थन्किएका छन् ।

विभिन्न स्थानीय तहले ‘भीटीएम’ खरिद गरी कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइरहेका छन् ।

कोरोना संक्रमणको जोखिम बढेसँगै प्रयोगशालाको क्षमताभन्दा तीन गुणा बढी स्वाबका नमुना संकलन भएपछि प्रयोगशालामा कार्यरत् प्राविधिकहरुलाई सकस परेको छ ।

पछिल्ला केही दिनयता तीव्रगतिमा थ्रोट स्वाबका नमुनाहरु संकलन भएपनि प्रयोगशालाको क्षमता र प्राविधिकको संख्या वृद्धि नहुँदा समस्या भइरहेको बताइएको छ ।

कोरोनाको परीक्षण हुने धनगढीस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालाले दिनभरिमा बढीमा २५० नमुनामात्र परीक्षण गर्नसक्छ ।

प्रतिक्रिया