कोरोना : मृत्यु हुनेको संख्या १० पुग्यो
नेपालखोज
२०७७ जेठ २२ गते १६:५१
काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो।
भारतबाट ५ दिनअघि आएर क्वारेनटाइनमा बसेका थिए। उनलाई श्वासप्रश्वासमा समस्या थियो। उनको दुई दिनअघि मृत्यु भएको हो। उनको आज रिपोर्ट आएको हो। यससँगै कोभिड—१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ।
सम्बन्धित
प्रतिक्रिया