शनिबार, माघ १२, २०८१

कोरोना : भारतमा संक्रमितको संख्या दुई लाख ३६ हजार नाघ्यो !

नेपालखोज २०७७ जेठ २४ गते ९:२०

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार एक सय नाघेको छ । जसमा एक लाख १३ हजार भन्दा धेरै उपचारपछि निको भइसकेका छन् ।

Advertisement

शुक्रबार मात्रै भारतमा संक्रमणबाट दुईसय ८६ जनाले ज्यान गुमाएका छन्। भने हिजो एकै दिन भारतमा नौ हजार चारसय ७१ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ६ सय ४९ जनाले ज्यान गुमाएको वर्ल्डओमिटरले जनाएको छ। भारतमा एकलाख १६ हजारभन्दा धेरै संक्रमित उपचारको क्रममा छन्। जसमध्ये आठ हजार नौसय ४४ जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया