बिहीबार, चैत ६, २०८१

गण्डकी प्रदेशमा आज एकैदिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ २४ गते ९:३०

पोखरा । गण्डकी प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार थप १७ जनामा संक्रमण पुष्टि भएसँगै यस प्रदेशमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ।

Advertisement

निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माका अनुसार स्याङ्जाका १०, बाग्लुङका १, कास्कीका ३ र नवलपरासी पूर्वका ३ जनालाई नयाँ कोरोना पुष्टि भएको हो। सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने कार्य जारी रहेको शर्माले जनाए।

प्रतिक्रिया