शुक्रबार, चैत ७, २०८१

कोरोना : २० लाख भ्याक्सिन तयार गरेको ट्रम्पको दावी

नेपालखोज २०७७ जेठ २५ गते १४:३१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड -१९) विरुद्धको लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार गरेको दावी गरेका छन् ।

Advertisement

उनले यी भ्याक्सिन परीक्षण गर्न तयारी अवस्थामा रहेको बताएका छन् । उनले यो पनि बताएका छन् कि वैज्ञानिकहरु यो सुरक्षित र प्रभावकारी हो भनेर भन्न मात्रै बाँकी छ ।

अमेरिका अति प्रभावित विश्वको पहिलो मुलुक भएको अवस्थामा ट्रम्पको यो भनाइ आएको हो ।

अमेरिकामा १ लाख ११ हजार बढीले कोरोनाबाट ज्यान गुमाएका छन् भने १९ लाख ६ हजार बढी संक्रमित छन् ।

धेरै विकसित देशहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाएतापनि त्यो अहिलेसम्म प्रभावकारी हुन सकेको छैन् ।

कोरोनाबाट विश्वमा ६८ हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या चार लाख आसपास छ । -एजेन्सी

प्रतिक्रिया