नेकपा सचिवालय बैठकमा यसरी छलफल हुनेछ एमसीसी
नेपालखोज
२०७७ जेठ २५ गते १४:४०
टंककला तिमिल्सेना,
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक भोलि सोमबार बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने छ । यस बैठकको एजेण्डा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रहेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् ।
तर अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।
कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया