जसपा आजै निर्वाचन आयोगमा दर्ता हुँदै
नेपालखोज
२०७७ जेठ २५ गते १६:११
काठमाडौँ । पाँच पदाधिकारीको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोग जाने भएको छ ।
समाजवादी पार्टीको तर्फबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीको तर्फबाट महन्थ ठाकुर अध्यक्ष रहने सहमति भएको छ भने थप दुई पदाधिकारीमा राजेन्द्र महतो र अशोक राई रहनेछन् ।
आइतवार अपराह्न जसपाका नेताहरू निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया