जम्मूकश्मीरमा आतंकारी र सिपाहीबिच मठभेड हुँदा ४ आतंकारीको मृत्यु, अस्थायी रुपमा इन्टरनेट सेवा बन्द
नेपालखोज
२०७७ जेठ २५ गते १६:२१
नेपाल खोज डेक्स,
काठमाडौँ । भारत प्रशासित जम्मू-कश्मीरमा फेरि आतंकारी र भारतीय सिपाहीबिच मठभेड भएको छ । उक्त मुठभेडमा ४ जना आतंकवादीको मृत्यु भएको भारतीय संचार माध्यम जागरणले उल्लेख गरेको छ ।
भारतीय सुरक्षाबलले जम्मू कश्मीरको रेबन भन्ने क्षेत्रमा आतंकारी लुकि बसेको सूचनाका आधारम त्यहाँ जादाँ सुरक्षाबल अनि आतंकारीबिच दोहोरोे गोली हानहानसमेत भएको जागरणले जनाएको छ ।
अहिले यसबारे आधिकारीक पुष्टि हुन बाँकी छ । घटनालाई लिएर कुनै प्रकारको अफवाह नफैलियोस भन्नका लागि प्रशासनले त्यस क्षेत्रको इन्टरनेट सेवा अस्थायीरुपमा बन्द गरि दिएको पनि जागरणमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया