आइतबार, चैत ९, २०८१

लकडाउनको स्वरुपबारे अबेर रातिसम्म छलफल, उपलब्धि शून्य !

नेपालखोज २०७७ जेठ २६ गते ६:४२

नेपाल खोज डेस्क,

Advertisement

काठमाडौँ। कोरोना रोकथाम तथा जोखिम न्यूनिकरण गर्नका लागि सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको लकडाउन देशैभर जारी छ ।

लकडाउन लम्बिँदै जाँदा आम नागरिकको जनजीवन कष्टकर बन्दै गइरहेको छ । लकडाउने विशेषगरि विद्यार्थी, व्यावसायी अनि साँझ बिहान मजदुरी गरेर दैनिक गुजारा गर्नेहरु बढि प्रभावित बनेको देखिन्छ ।

लामो समयसम्मको लकडाउनले आम नागरिकको जनजिवन कष्टकर बन्द गएको तर लकडाउनको विकल्पबारे सरकारले अझै केहि सोच्न नसकेको भन्दै चौतर्फि विरोध पनि भइरहेको छ । लकडाउन उल्लंघन गर्ने नागरिक यतिबेला बढेका छन् ।

केहि दिनअघि काठमाडौँका व्यावसायीहरु आफूहरुले व्यापार गर्न पाउनु पर्ने भन्दैै खुलेयाम सरकारको विरोधमा उत्रिएका थिए । नागरिकको गुुनासोका वाबजुत सरकारले लकडाउनबारे अझै कुनै ठोस निर्णय गर्न सकेको छैन ।

हिजो मध्यरातिसम्म प्रधानमन्त्री केपी ओलीसहितकै उपस्थितिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठक बस्यो, तर बैठकमा लकडाउन खुकुलो पार्दै लैजाने मस्यौदामा छलफल भए पनि कुनै टुंगो भने लाग्न सकेन् । आम नागरिक यतिबेला सरकारको निर्णय पर्खिरहेको छ ।

प्रतिक्रिया