आइतबार, असार २२, २०८२

सप्तरीमा थपिए १६ जना कोरोना संक्रमित

नेपालखोज २०७७ जेठ २६ गते ९:४१

राजविराज । सोमबार सप्तरीमा थप १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार थप १६ कोरोना संक्रमित बलान विहुल गाउँपालिकाका रहेको जनाइएको छ ।

जसमा १२ देखि ४५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । कोरोना संक्रमित सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेको बतायएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया