सोमबार, पुष २९, २०८१

आजदेखि मौसममा क्रमिक सुधार आउँने

नेपालखोज २०७७ जेठ २६ गते १०:०३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार निम्न चापिय प्रणालीको प्रभावका कारण देशभरको मौसममा जारी बदली आजदेखि सुधार हुने जनाएको छ ।

Advertisement

आज देशभरका अधिकांश स्थानको मौसममा क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिनभर घाम लागे पनि मध्यदिन पछि भने बाग्मती, गण्डकी, सुदूर तथा कर्णाली प्रदेशका उच्च पाहाडि भेगमा हल्का बर्षा हुन सक्ने जनाइएको छ ।

केहि दिन देखिको मौसममा जारी बदली बुधबारदेखि भने पूर्ण रुपमा हट्ने समेत जानकारीमा उल्लेख छ ।

प्रतिक्रिया