कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्यु
नेपालखोज
२०७७ जेठ २६ गते १०:४३
कास्की । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखरामा आइसोलेसनमा भर्ना भएका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका ६० वर्षीय वृद्धको निधन भएको हो ।
गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएका संक्रमितको शव व्यस्थापनको तयारी समेत सुरु गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया