शुक्रबार, माघ ११, २०८१

महोत्तरी क्वारेन्टिनबाट घर फर्केका एक जनाको मृत्यु

नेपालखोज २०७७ जेठ २६ गते ११:०५

जनकपुरधाम । महोत्तरीमा शनिवार क्वारेन्टिनबाट घर फर्केका एक जना पुरूषको मृत्यु भएको छ। गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनी महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा लगभग १८ दिन बसेका थिए।

Advertisement

भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए।

उनले भने ‘उनीलगायत अन्य २० जनाको रिपोर्ट नेगेटिभ आएपछि हामीले उनीहरुलाई शनिबार घर पठाएका थियौँ, आइतबार बेलुका उनको मृत्यु भएको छ।’ उनीहरु मध्ये ३ जनाको रिपोर्ट आज आउने नगरप्रमुख महतोले बताए। उनले भने ‘बाँकी ३ जनाको रिपोर्ट आज आउँदै छ, २६ जनै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौँको टेकु अस्पतालमा पठाइएको थियो।’

क्वारेन्टिनबाट फर्केका ती ४० वर्षीय पुरुषको मृत्यु भएपछि फेरी पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने मेयर महतोले बताए।

प्रतिक्रिया