शनिबार, जेठ ११, २०८२

मृत्यु भएका युवकको सम्पर्कमा रहेका ३० जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ जेठ २६ गते १५:२४

नेपाल खोज डेक्स,

अर्घाखाँची । कोरोना संक्रमणबाट भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट आएर क्वारेन्टिनमा राखिएका ५१ मध्ये ३० जनामा कोरोना पुष्टि भएको अर्घखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए। भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

गत जेठ १० गते भारतबाट आउने क्रममा उनको बाटैमा मृत्यु भएको थियो। थापाका अनुसार संक्रमण देखिएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक एक जना छन्।

मृतक युवकको भने संक्रमण पुष्टि हुनुअघि नै अन्त्यष्टि गरिएको थियो। उनको परिवारका सदस्यमा भने संक्रमण नदेखिएको थापाले बताए।

प्रतिक्रिया