शुक्रबार, चैत ७, २०८१

कोरोना : सुदूरपश्चिममा आजै थप ३७ जनामा संक्रमण

नेपालखोज २०७७ जेठ २६ गते १८:५६

काठमाडौँ । सुदूरपश्चिमका चार जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका ३७ जनामा कोरोना पुष्टि भएको हो।

Advertisement

कञ्चनपुरमा १९, दार्चुलामा १०, डडेल्धुरामा ७ र कैलाली १ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका १३ जना पुरुष, भिमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक–एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कैलालीमा नयाँ थपिएका संक्रमित जानकी गाउँपालिकाका एक जना पुरुष रहेका छन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ४७ पुगेको छ।

प्रतिक्रिया