एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते
नेपालखोज
२०७७ जेठ २७ गते ८:४०
अर्घाखाँची । अर्घाखाँचीमा कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।
गए राति सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा आँउदै गर्दा खाँचिकोटमा लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
घाइतेहरुको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया